Google search engine

रनिल विक्रमासिङ्घे बने श्रीलङ्काका नयाँ राष्ट्रपति

४ साउन २०७९
काठमाडौं ।

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । बुधवार भएको निर्वाचनमा विक्रमासिङ्घेले १ सय ३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गरे । निर्वाचनमा २ सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि पहल गर्न आग्रह गरेका छन् ।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । रनिल विक्रमासिङ्घेको कार्यकाल सन् २०२४ नोभेम्बरसम्म हुनेछ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय