४ साउन २०७९
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
दाशानायकेले आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्। उनी आज नै क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएको क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
दाशानायकेले व्यक्तिगत कारण देखाउदैं राजीनामा दिएका हुन । स्कटल्यान्ड जानु अगाडि नै उनले क्यानलाई मेल मार्फत राजीनामा पत्र बुझाएको बताएका छन्।