३ साउन २०७९
काठमाडौं ।
नेपाल प्रहरीका ४ सय २ जना लेखापालहरूको सरुवा गरिएको छ । मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा इन्स्पेक्टर दिपेन्द्र भट्ट, सिआइबीमा इन्स्पेक्टर राजेश पन्थी र प्रहरी अस्पताल महाराजगञ्जमा इन्स्पेक्टर सुरेन्द्र केसीलाई सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्स्पेक्टर कल्पना सापकोटाको सरुवा भएको छ ।
सई निरु सुवेदीको जिल्ला प्रहरी परिसर ललितपुरको लेखापालमा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा वरिष्ठ सई नारायण तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौंमा वरिष्ठ सई विष्णु थापालाई सरुवा गरिएको छ ।