Google search engine

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी पक्राउ

३ साउन २०७९
काठमाडौं ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीका पूर्व अध्यक्ष इच्छाराजकी पत्नी सिर्जना शाक्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । सिर्जना शाक्यको नाममा काठमाडौं जिल्ला अदालतले २०७८ पुसमा पक्राउ पुर्जी जारी गरेपछि उनि फरार थिइन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय