Google search engine

प्रेस युनियन काभ्रेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन, जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

३२ असार २०७९

बनेपा,काभ्रे ।

नेपाल प्रेस युनियन काभ्रेको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको पदस्थापन गरिएको छ । बनेपामा शनिवार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक पुष्पराज थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । निवर्तमान जिल्ला अध्यक्ष कपिल कोइरालाले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अधिकारीलाई निर्णय पुस्तिका हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।

कार्यक्रमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समितिमा निर्वाचित उपप्रमुख रिमबहादुर तामाङ, काभ्रेका स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई बधाई तथा शुभाकामना ज्ञापन गरिएको थियो । रोशी गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्षमा निर्वाचित भगवान अधिकारी, बेथानचोक–१ का वडाअध्यक्षमा निर्वाचित प्रेस युनियनका काभ्रेका निवर्तमान सचिव मधुसुदन तिमल्सिना, मण्डनदेउपुर–११ को अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिपेन्द्र लामालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले आफ्नो कमजोरी बाहिर ल्याउन अनुरोध गर्दै आलोचनात्मक समाचार लेख्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे । उनले पार्टीको शुभेच्छुक संस्था भएपनि पार्टीले गल्ती गरे त्यसका बारेमा पनि समाचार लेख्न अनुरोध गर्दै उनले पत्रकारिताको धर्म अनुसार काम गर्न सबैमा अनुरोध गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष एवं युनियनका सल्लाहकार भोला थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लागयतले स्थानीय तहका सरकारले सञ्चार क्षेत्रलाई पनि सहयोग गर्दै अघि बढ्नुपर्ने तर्क गरेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय