३१ असार २०७९
काठमाडौं ।
प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् ।
शुक्रबार भएको निर्वाचनमा गठबन्धनबाट उपसभामुखको उम्मेदवार बनेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । भुसालले १ सय ४८ मत प्राप्त गरिन् भने उनको विपक्षमा ९३ मत खसेको थियो । नेपाल मजदुर किसान पार्टीका सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा २ सय ७१ जना सांसद रहेकामा २ सय ४२ जना उपस्थित भएका थिए ।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद अहिलेसम्म खाली रहेको थियो । झन्डै साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो ।