Google search engine

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिको औपचारिक काम सुरु

२८ असार २०७९
काठमाडौं ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदको विशेष समितिले औपाचारिक काम सुरु गरेको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित अर्थ समितिको हलमा समितिको पहिलो बैठक बसेको हो।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्।

शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। यसै विषयलाई लिएर चर्को विरोध भएपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

समितिलाई छानबिन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले १० दिन छुट्याएका छन्। पहिलो बैठक बसेको १० दिनभित्र समितिले रिपोर्ट तयार पारिसक्नुपर्ने छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय