Google search engine

नमोबुद्ध नगरको बजेट र नीति तथा कार्यक्रम पारित

२७ असार २०७९
नमोबुद्ध, काभ्रे ।

आगामी आर्थिक बर्ष २०७९/ ८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सकिएको छ ।

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सोमबार बसेको नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकले नगर प्रमुख लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो । बैठकमा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । असार १० गते बसेको पहिलो बैठकमा लामाले ७४ करोड ४८ लाख ४५ हजार ९ सय २७ रुपैयाँको अनुमानित आय व्यय विवरण पेश गरेका थिए ।

नगरसभाको बैठकमा वडा नं. ४ का अध्यक्ष अर्जुनवहादुर कार्की, कार्यपालिका सदस्य सुशिला परियार र वडा सदस्य रुपा प्याकुरेलले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । नगरसभाले नगर कार्यपालिकाको २०७९ जेठ १९ गते देखि २०७९ असार २६ सम्मको बैठकबाट भएका निर्णयहरु, न्यायिक समितिका निर्णयहरु एवं आर्थिक तथा प्रशासनिक निर्णयहरु साथै केहि विशेष निर्णयहरु अनुमोदन गरेको छ ।

यस्तै स्थानीय सरकारको रुपमा स्थापित नमोबुद्ध नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासमा सकारात्मक सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, प्रदेश सरकार, संघीय सरकार लगायतमा भष्ट्राचारमुक्त समृद्ध नमोबुद्ध नगरपालिका निर्माणमा निरन्तर सहयोग गर्ने सबैमा धन्यवाद दिने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय