२६ असार २०७९
काठमाडौं ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले गोकर्णेश्वरबाट १० जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त वौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका ५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरबाट उनीसहित १० जना पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ७ सय ६५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।