२४ असार २०७९
काठमाडौं ।
शेयर बजार परिसूचक नेप्से फेरि ओरालो यात्रामा लागेको छ । शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नौ सय ९२ दशमलव ६२ अङ्कमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दुई सय १७ वटा कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।