२३ असार २०७९
काठमाडौं ।
नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी) हरुले फूली थप्ने भएका छन् ।
नेपाल प्रहरीको बढुवा समितिले रिक्त रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदहरुमा बढुवाका लागि सिफारिस गरेको हो । ३४ जना बहालबाला एसपीहरु एसएसपी बन्ने दौडधुपमा लागेको परिणाम टुंगिन लागेको हो ।