२३ असार २०७९
काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको उक्त बजेट खारेज गरी नयाँ ल्याउनु पर्ने बताएका हुन् ।
सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव दिए ।
उनले कांग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाई आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानविन गर्नुपर्ने जिकीर समेत गरे ।