२२ असार २०७९
काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको चुनाव आउँदो मङ्सिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको हो । आयोगले जटिल मानिएको पालिका चुनाव एकै चरणमा सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा सङ्घ र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न सकिने बताएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले मङ्सिर २ गतेको मिति केही तलमाथि हुन सक्ने तर सरकारले अवधि तलमाथि नपर्ने गरी चाँडै मिति घोषणा गर्ने बताएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।
आयोगले विद्युतीय मतदन यन्त्र प्रयोग गर्ने भए साउन मशान्तभित्र आयोगलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।