Google search engine

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा, आफूले कुनै गल्ती नगरेको दाबी

२२ असार २०७९
काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले मार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । उनले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय