२१ असार २०७९
रामेछाप ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २४ जना घाइते भएका छन् ।
रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाण्डौको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवि गाउँपालिका १ को लुभुघाटमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमध्ये पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको र ३ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको रामेछाप प्रहरीले जनाएको छ ।