१७ असार २०७९
काठमाडौं ।
हैजाको प्रकोप बढ्रदै गरेको काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हैजा देखिएका १७ जनामा १२ पुरुष र ५ महिला छन् । ति मध्ये हाल पाँच जनाको उपचार जारी छ ।