Google search engine

प्रदेश राज्यमन्त्री वलीले दिइन् राजीनामा

१५ असार २०७९
दाङ ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् ।

वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बुधवार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराएक थिए । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताए ।

गएको जेठ अन्तिममा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय