१३ असार २०७९
काठमाडौं ।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।
विधेयक पारित हुँदा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने बैठक बहिष्कार गरेका थिए ।
यस्तै राष्ट्रियसभाबाट सोमबारनै आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ बहुमतले पारित भएको छ ।
राष्ट्रियसभाको अर्को बैठक असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।