१२ असार २०७९
काठमाडौं ।
मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्रीका गहभरी आँसु थिए ।
मन्त्रालयका कर्मचारीले ८ महिना २० दिनमा गरेको कामको फेहरिस्त सुनाउँदा उनले निरन्तर आँशु झारिरहिन् । भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।
आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थिए ।
एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहे । प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उनीहरु हटेनन् । तर शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।