१२ असार २०७९
काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए । उनले आफू प्रक्रियामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।
उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।