Google search engine

भुम्लु गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक

११ असार २०७९
काठमाडौं ।

काभ्रेको भुम्लु गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

भुम्लु गाउँपाकिालका अध्यक्ष प्रेम बहादुर भुजेलले एघारौ गाउँसभामा आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पालिकाले विनियोजन विधेयक बजेट भने केही दिनमा प्रस्तुत गर्ने उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले बताए । नीति तथा कार्यक्रममा पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक सुधारको कामलाई अगाडी बढाईएको छ ।

विद्यालय शिक्षालाई डिजिटलमा रुपान्तरण गर्ने र प्रविधियुक्त पूर्वाधारसहितको वातावरण निर्माण गर्ने उद्धेश्यले गाउँपालिकाभरिका विद्यालयहरुमा इन्टरनेटको व्यवस्था गर्ने भएको छ । त्यस्तै सबै विद्यालयहरुको कक्षाकोठा, खेलमैदान र पुस्तकालयभित्र सिसि क्यामेरा जडान गरी गाउँपालिकाबाट निगरानी गर्ने भएको छ ।

रासायनीक मलको अभाव व्यवस्थापन गर्ने कार्यलाई पालिकाले प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रलाई अर्गानिक खेती प्रणालीमा विकास गर्ने पालिकाले बताएको छ ।

त्यस्तै गाउँमा नै मिनरल वाटरको उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको खपत हुन सक्ने उद्योग सञ्चालन गर्ने, स्थानीय मदिरालाई ब्राण्डिङ्ग गरेर बजारको पहुँचसम्म पु¥याउने लगायतका योजना नीति कार्यक्रममा समावेश गरिएको छ ।

पर्यटन विकासका लागि दोलालघाटमा रहेको पिकनिक स्पोटलाई पूर्वाधारले सुविधायुक्त बनाइने नीति पालिकाले लिएको छ । बढीभन्दा बढी आन्तरिक पर्यटकहरु भित्र्याउने र दीर्घकालिन रुपमा पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने लगायतका कार्यक्रममा समावेश गरेको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय