Google search engine

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो

११ असार २०७९
काठमाडौ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए । हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ ।

अब प्रतिलिटर पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय