१० असार २०७९
नमोबुद्ध, काभ्रे ।
नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गरे ।
उपप्रमुख लामाले आगामी आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । जसमध्ये आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार, राजश्व बाँडफाँड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ३ करोड रहेको छ । यस्तै संघीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड रहेको छ भने अन्य आयतर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपैयाँ रहेको छ ।
यस्तै खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख ७ हजार ९ सय ९७ रुपैयाँ र पुँजीगत खर्च ५७ करोड ३८ हजार रहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम ४ करोड बजेट विनियोजन गरेको छ भने वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम २ करोड २० लाख बजेट विनियोजन गरेको छ ।आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार, राजश्व बाँडफाँड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ३ करोड रहेको छ । यस्तै संघीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड रहेको छ भने अन्य आयतर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपैयाँ रहेको छ ।
यस्तै खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख ७ हजार ९ सय ९७ रुपैयाँ र पुँजीगत खर्च ५७ करोड ३८ हजार रहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम ४ करोड बजेट विनियोजन गरेको छ भने वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम २ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले संघीय र प्रदेश सरकारको सहयोगमा सडक निर्माणका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ । जसमा नगर स्तरीय रिंगरोडको परिकल्पनाको सुरुवात गर्न श्यामपाटि काउसे आरुबारीचौर पुजारीटापु सडकका लागि संघीय सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा रकम २ करोड ५० लाख बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ४ स्थित जयटार जनक मा.वि.चुवाने सडक थप कालोपत्रेका लागि २ करोड तथा बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर स्थित कानपुर डाँडागाउँ हुँदै वि.पि. राजमार्ग सडकका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर १० स्थित दाप्चा बसेरी सडक निर्माणका लागि रकम २ करोड बजेट विनियोजन गरिएको छ ।
नमोबुद्धको नीति तथा कार्यक्रमः विद्यार्थी पोषण कार्यक्रमदेखि मल बैंकसम्म
नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षदेखि संघीय सरकारले सञ्चालन गर्दै आएको विद्यार्थी पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाबाट पनि बेट विनियोजन गरेको छ ।
यस्तै खाद्यवस्तु, फलफूल, तरकारी तथा पशुजन्य उत्पादनको लागत घटाउन कृषक सहयोग कार्यक्रम लागू गरिनेछ।कृषि उत्पादन र उत्पादकत्व बढाउन माटो उपचारको लागि माटो मिनि ल्याव तथा गुणस्तरीय भेटेरिनरी ल्याव स्थापना र सञ्चालन गर्ने, घुम्ती बाली उपचार शिविर, माटो परीक्षण शिविर जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै संघीय सरकारको सहयोगमा सम्भाव्यता अध्ययन गरी विशेष क्षेत्र विशेष बाली कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना कृषि तथा पशु फर्म कार्यक्रम सञ्चालन गर्ने तथा रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न कृषि सहकारीसँगको समन्वयमा मल बैंकको स्थापना गर्ने नीति तथा कार्यक्रम नमोबुद्धले सार्वजनिक गरेको छ ।
यस्तै ‘फोहर जसले उत्पादन गर्दछ व्यवस्थापनको मूल्य उसैले तिर्नुपर्दछ, लिदैन म फोहोर, घरमै बनाउँछु यसलाई मोहोर’ भन्ने सिद्धान्त र फोहोरबाट मोहर बनाउने नीतिलाई अवलम्बन गर्दै नगर क्षेत्रमा उत्सर्जन हुने फोहरमैलालाई व्यवस्थित ढंगले व्यवस्थापन गर्ने, नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था गर्ने नीति नमोबुद्धले लिएको छ ।
यसैगरी नगरपालिकाका आम नगरवासी र नगरपालिका बीच सूचना आदान प्रदानमा सहजता ल्याउन एवं नगरवासीका गुनासाहरुलाई समयमै सम्बोधन र भेटघाटको लागि समेत सहजता एवं सरलता ल्याउन तथा सेवा प्रवाहमा सुधार ल्याउन हेलो नमोबुद्ध मोबाइल एप्स र हेलो मेयर कक्ष स्थापना गरी संचालनमा ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालु आर्थिक बर्ष २०७८÷७९ को अहिलेसम्मका प्रगति विवरण पेश गरेका थिए । हालसम्म ६५ प्रतिशत भन्दा बढी प्रगति भएको र कतिपय योजना सम्पन्न हुने क्रममा रहेको, कतिपय योजना सम्पन्न भएर भुक्तानीको प्रक्रियामा रहेकाले आर्थिक बर्षको अन्त्यसम्म ८० प्रतिशत भन्दा बढी प्रगति हासिल हुने पौडेलले बताए ।
नगरसभाको दिन नगर र वडाका काम रोकिएनन्
नमोबुद्ध नगरपालिकाले नगरसभाको दिन सेवा स्थगन गर्ने प्रचलन तोड्दै यसपटक नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा सुचारु राख्यो । नगरसभाका कारण नगरबासीको काममा अवरोध र ढिलासुस्ती नहोस् भन्ने उद्देश्यले सेवा सुचारु राखिएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए ।