Google search engine

बेथानचोक गाउँपालिकाले दियो विद्यार्थीलार्ई एक लाख, कोरोनाले मृत्यु भएकाको परिवारलाई १४ लाख ५० हजार सहयोग

१० असार २०७९
बेथानचोक, काभ्रे ।

काभ्रेको बेथानचोक गाउँपालिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ।

बेथानचोक गाउँपालिका वडा नम्बर ३ का एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख छात्रवृत्ति दिइएको हो । उनी पाकिस्तानस्थित मेडिकल युनिभर्सिटीमा एमबीबीएस पढ्दैछन् ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका थिए। सोही अनुसार ती विद्यार्थीलाई आज छात्रवृत्ति दिइएको वडा नम्बर १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए। अध्ययन पूरा गरेपछि गाउँपालिकाले उनलाई थप एक लाख छात्रवृत्ति दिने पनि उनले बताए ।

यसैबीच गाउँपालिकाले कोरोना संक्रमणबाट मुत्यु भएकाहरूको परिवारका सदस्यलाई प्रति परिवार ५० हजारका दरले राहत उपलब्ध गराएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका १५ जनाका परिवारलाई राहत स्वरूप १४ लाख ५० हजार वितरण गरिएको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय