९ असार २०७९
काठमाडौं ।
चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गरेकी छन् ।
संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
राजदूतमा सिफारिस श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले गएको जेठ ३ गते अनुमोदन गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्र निकट मानिन्छन् ।