Google search engine

फिफा वरियतामा नेपाल ८ स्थान तल झर्यो

९ असार २०७९
काठमाडौं ।

फिफा वरियतामा नेपाल ८ स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल ८ स्थान तल झरेर १ सय ७६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६८औं रहेको थियो ।

नेपालले एएफसी एसियन कप दौरान कुवेतमा आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसियासँग खेल खेल्दा तीन खेलमा हार बेहोरेको थियो । नेपालले १३ गोल बेहोर्दा १ गोल मात्रै गर्न सफल भएको थियो । त्यसले पनि वरियतामा प्रभाव पारेको हो ।

दक्षिण एसियामा भारत शीर्षस्थानमा कायम छ । दुई स्थान सुधार गरेको भारत १ सय ४औं स्थानमा छ । दक्षिण एसियामा माल्दिभ्स नेपाल भन्दा माथि १ सय ५६औं स्थानमा छ । भुटान १ सय ८६ औं, बंगलादेश सय ९२ औं, पाकिस्तान १ सय ९६ औं, श्रीलंका २०७औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा ब्राजिल र बेल्जियम शीर्ष दुईमा रहँदा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लदा नेसन्स लिगमा खराव प्रदर्शन गरेको विश्व विजेता फ्रान्स चौथो स्थानमा झरेको छ । इंग्ल्यान्ड पाँचौं स्थानमा एथावत छ ।

यसैगरी स्पेन छैटौं, इटली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा छन् । एसियाली राष्ट्रहरुमा अघि रहेका इरान २३ औं र जापान २४ औं स्थानमा छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine