९ असार २०७९
काठमाडौं ।
कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको छ ।
उपसूचक समूहमा पनि राताम्मे देखिएको छ । म्युचल फन्ड र लगानी समूह सामान्य अंकले घट्दा अन्य समूह भने दोहोरो अंकले ओरालो झरे ।
बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । बुधबारको तुलनामा विहिबार कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब घटिको कारोबार भएकोमा बिहीबार भने २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५० अर्बको कारोबार भयो ।
आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नौ प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।