Google search engine

अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

९ असार २०७९
एजेन्सी ।

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको हो । भूकम्पका कारण त्यहाँ एक हजारभन्दा धेरै नागरिककको मृत्यु भइसकेको छ भने भत्किएका संरचनाभित्र कति मानिस पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन ।

अफगानिस्तानमा भूकम्पमा परी घाइते भएकाहरुको उपचारका साथै उद्धार तथा व्यवस्थापनको काम जारी नै छ । तर घरबारविहीनलाई सुरक्षित ठाउँमा राख्ने काम चुनौतीपूर्ण रहेको तालीबान सरकारले जनाएको छ ।

भूकम्पपछि भईरहेको ठूलो वर्षाले पनि उद्धार र खोजीमा व्यवधान पुर्याएको छ । दक्षिण पूर्वी पक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा बढी क्षत विक्षत भएको छ । दुर्गममा रहेका गाउँहरू पूरै ध्वस्त भएको राष्ट्रसंघीय एजेन्सीहरूले बताएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ । विगत एक दशकमा त्यहाँ भूकम्पमा परेर ७ हजार जनाभन्दा धेरै मानिसको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय