Google search engine

१७ एसएसपी डिआईजीमा बढुवा

८ असार २०७९
काठमाडौं ।

नेपाल प्रहरीले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा हुनेहरुको अन्तिम टुंगो लगाएको छ । १७ जना प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्न आज बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी बरिष्ठ उपरिक्षकहरुको नाम टुंगो लागएको हो ।

बसन्त बहादुर कुँवर पहिलो नम्बरमा बढुवामा परेका छन् । त्यसैगरी टेक प्रसाद राई, असोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बर्जाचार्य र सन्दीप भण्डारी पनि क्रमश बढुवा सिफारिसमा परेका छन् । बढुवा हुनेमा सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राना पनि डिआईजीमा बढुवा हुन लागेको बढुवा समितिका सदस्य सचिव एआईजी पूजा सिंहले बताइन् ।

अहिले डिआईजीमा बढुवा भएका प्रहरी अधिकृतहरुबाटनै नेपाल प्रहरीको ३० औं आइजीपी बन्ने भएकाले यो बढुवालाई बिशेष महत्वका साथ हेरिएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine