Google search engine

घुस लेनदेनको अडियो प्रकरणः अनुचित काम नगरेको न्यायाधीशको दाबी

८ असार २०७९
काठमाडौं ।

घुस लेनदेनबारे भएको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित काम नगरेको दाबी गरेका छन् ।

न्यायाधीश कोइरालाले फेसबुकमा स्टाटस लेखेर आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै घटनाबारे न्याय परिषद्बबाट छानबिनको माग गरेका छन् । आफूबाट कुनै अनुचित काम नभएको र विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको उनको दाबी छ ।

सार्वजनिक अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे कुराकानी भएको बाहिरिएको थियो । अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा दुई करोड रुपैयाँ आफूहरूलाई आउने पोखरेलले कोइरालालाई भनेको सुन्न सकिन्छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय