८ असार २०७९
काठमाडौं ।
अफगानिस्तानमा गएको भूकम्प परी २५० जनाभन्दा बढीको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको ६.१ म्याग्नेट्यूडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पमा परी १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ।
अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको छ। सरकारको प्रवक्ता बिलाल करिमीले चारवटा राज्यमा भूकम्पको धेरै असर परेको र धेरै मानिसको मृत्यु भएको बताएका छन् ।
दक्षिण उत्तरी शहर कोहस्ट केन्द्रविन्दु बनाएर भूकम्पको कम्पन पाकिस्तान र भारतसम्म पनि महसुस भएको थियो।