Google search engine

रवि लामिछानेको पार्टीविरुद्ध आयोगमा उजुरी

८ असार २०७९
काठमाडौं ।

रवि लामिछानेले घोषणा गरेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले लामिछाने नेतृत्वको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । उजुरीमा पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द प्रयोग भएको आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएको अभियानका संयोजक डम्बर शाहुले बताए । लामिछानेले दर्ताका लागि प्रस्ताव गरेको नामलाई मान्यता नदिन आयोगलाई अनुरोध गरिएको छ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । उनको पार्टीको चुनाव चिह्न ‘घण्टी’ प्रस्ताव गरिएको छ। उजुरीका सम्बन्धमा अध्ययन तथा छानविनपछि उचित निर्णय लिने आयोगले जनाएाको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय