६ असार २०७९
काठमाडौं ।
सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
हिजो आइतबार बसेको बढुवा समितिको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो । एसपी बढुवाको ज्येष्ठताक्रम अनुसार पहिलो नम्बरमा टोप बहादुर डाँगी, दोस्रोमा हस्तबहादुर गुरुङ र तेस्रो नम्बरमा तुल बहादुर भण्डारी रहेका छन् ।