५ असार २०७९
काठमाडौं ।
साताको पहिलो दिन आइतबार शेयर बजार ३७.२७ अंकले घटेको छ । बजार परिसूचक नेप्से आज ३७.२७ अङ्कले घटेर १९३४.११ विन्दुमा झरेको हो।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीको ३६ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज रिभल फल्स पावर कम्पनीको शेयर साढे नौ अङ्कले र बलेफी हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । आँधीखोला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।