२ असार २०७९
काठमाडौं ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सरकारले जेठ १५ गते संघिय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेको थियो।
सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारबिच बजेट पारित भएको हो।
एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बैठक बहिष्कार गरेको थियो। अर्थमन्त्री शर्माले असम्बन्धित व्यक्तिलाई बजेट निर्माण प्रक्रियामा सहभागी गराएको भन्दै एमालेका सांसदहरुले विरोध जनाएका थिए। बजेट गोपनीयता भंगबारे छानबिन समिति गठन गर्न नमानेकोले बैठक छाडेर हिँडेका थिए।
अर्थमन्त्रीले जवाफ दिने क्रममा पनि एमालेले बैठक बहिस्कार गरेको थियो। अब बजेटका तीन आश्रित विधेयक पारित हुन बाँकी छन्।