१ असार २०७९
काभ्रे ।
जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धनका उम्मेदवार विजयी भएका छन ।
समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । गौतमले २२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत प्राप्त गरिन् ।
उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिम बहादुर तामाङले जित हासिल गरे । उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरेका हुन् । तामाङले २२ तथा केसीले ४ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरूमा गठबन्धनको तर्फबाट अप्सरा सिप्खा (ढुंगाना), चण्डिका मिजार, नीर बहादुर लामा, मंगलबहादुर तामाङ , कृष्ण कुमारी राई, रस्मिता भण्डारी विजयी भए ।
काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।