Google search engine

रोकिएन शेयर बजारको ओरालो यात्रा, नेप्से २९.८९ अंकले घट्यो

१ असार २०७९
काठमााडैं ।

शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएन् । नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।

बुधबार सबै समूहको शेयर राताम्मे रह्यो । बजारमा शेयरान लगानी गर्ने भन्दा बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही सुधार भएको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय