Google search engine

एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः गगन थापा

१ असार २०७९
काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘केही दिनदेखि संसद्को समितिमा, संसद्को बैठकमा माननीयज्यूहरूले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसद्मा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसद्मा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उनले जिज्ञासासमेत व्यक्त गरे । केही समयअघि एमसीसी सदनबाट पारि गरेको स्मरण गराउँदै उनले नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine