Google search engine

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

३१ जेठ २०७९

काठमाडौं।

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको भए पनि उनले त्यसबारे संसदलाई जानकारी नदिएको उनको आरोप छ ।

पूर्व अर्थमन्त्री समेत रहेका सांसद पाण्डेले बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताए ।

करका दरहरुबारे छलफल हुँदा अर्थमन्त्रालयका कर्मचारीबाहेकलाई प्रवेश नदिइने प्रचलन रहेको पाण्डेको भनाइ छ। उनले करको दरबारे छलफल भइरहेका बेला मन्त्रीबाहेकलाई फोन समेत लिन नपाउने प्रचलन रहेको भए शर्माले भने बाह्य व्यक्ति बोलाएर करका दर परिवर्तन गराएको पाण्डेको आरोप छ।

उनले शर्मा अब पदमा बस्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत उक्त विषयमा जवाफ दिनुपर्ने पाण्डेको भनाइ छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय