Google search engine

शेयर बजार २००० विन्दुभन्दा तल झर्‍यो

३१ जेठ २०७९

शेयर बजार परिसूचक नेप्से २ हजार विन्दुबाट तल झरेको छ । शेयर बजार घट्नै क्रम जारी नै रहेको दिन आज पनि ३६ दशमलव ०८ अङ्कले घटेर १९९६ दशमलव २५ विन्दुमा झरेको हो ।

दोहोरो अंकले घटेको बजारमा आज सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य, निर्जीवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् ।

आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

शेयर बजार आज मङ्गलवार १८ महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि शेयर बजार २०७७ पुस पहिलो हप्तासम्म १९९८ दशमलव ६५ विन्दुमा कारोबार भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine