Google search engine

कांग्रेसको एकलौटी सरकार नभएकाले चाहे अनुसार काम गर्न सक्ने अवस्था छैनः प्रधानमन्त्री देउवा

२९ जेठ २०७९
काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले एकलौटी सरकार नभएकाले ट्रेड युनियनले धेरै माग दावी गर्न नमिल्ने बताएका हुन् ।

‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईहरुले यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईहरुले यो धेरै क्लेम गर्ने कुरा छैन। अरु कतिपय तपाईहरुले अति महत्वपूर्ण कुराहरु उठाउनु भएको छ। कतिपय बजेटमा आएका छन । छैनन भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौं,’ उनले भने।

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

रुस–युक्रेन युद्धले श्रम बजार प्रभावित भइरहेकाले श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास आफुले लिएको उनको भनाइ थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine