२८ जेठ २०७९
नुवाकोट ।
नुवाकोटको विद्युत प्रशारण लाइनको टावर हुँदै एक व्यक्ति तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशूली थ्री एु जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ । यसका कारण नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ ।
ककनी नगरपालिका – ७ मा प्रसारण लाइनको तारमा एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको हो । आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । त्रिशूली थ्री एु बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या परेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।
भिडियोः हरि गुरुवाचार्यको फेसबुक वालबाट
बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।