Google search engine

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत, विदेशी विनिमय सञ्चिति घट्यो

२७ जेठ २०७९
काठमाडौं ।

राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको छ । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यस्तो मुद्रास्फीति बैशाख मसान्तसम्म भारतको तुलनामा नेपालको ०.८ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ । बैशाखको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.८७ प्रतिशत र सन् २०२२ अप्रिलमा भारतमा ७.७९ प्रतिशत रहेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो दश महिनाको विवरणमा भनेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१।१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ ।

वैदेशिक मुद्रा जोगाउन सरकारले आयातमा कडाइ गर्दै आए पनि सञ्चिति भने झन् ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घटेको बताएको हो ।

‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको बैंकको विवरणमा उल्लेख छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१।१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय