Google search engine

एआईजी पोखरेलको बिदा अस्वीकृत

२५ जेठ २०७९

काठमाडौं ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् ।

आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत गएका पोखरेलले बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका थिए ।

पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । आईजीपी सिंहले पोखरेलको बिदा अस्वीकृत भएको जानकारी गराउन निर्देशन दिएका हुन् । आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ गतेदेखि बिदामा थिए ।

उनी हालैको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका छन् । सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पूजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका पोखरेलको मुद्दा विचाराधीन अवस्थामा छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine