Google search engine

असार १ गतेदेखि मतदाता नामावली संकलन गरिने

२३ जेठ २०७९
काठमाडौ ।

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन गर्ने भएको छ। संघीय निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलन गर्ने कार्य फेरि सुरु गर्न लागेको हो।

यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। आयोगका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर योग्यता पुगेका नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।

यस्तै, यो अवधिमा नाम दर्गा गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने समेत जनाइएको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय