Google search engine

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ घाइते

२२ जेठ २०७९

रुपन्देही ।

रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २४ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । मृतकमध्ये एकजना महिला र अरु ८ जना पुरुष रहेका छन्।

घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय