Google search engine

गठबन्धन परिणामबाट असन्तुष्ट छौंः नेता खनाल

२१ जेठ २०७९
काठमाडौं ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धनका दलले आफ्नो दललाई सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै खनालले उक्त प्रतिक्रिया दिएका हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न शनिबार बसेको सचिवालय बैठकपछि बोल्दै उनले पाँच दलीय गठबन्धनमा नेकपा एकीकृतमाथि अन्य दलले धोका दिएको बताए।

खनालले भने, ‘हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौं। गठबन्धनको भूमिका केही दलबाट भएन। यो कुरा हामीले पाँचदलीय बैठकमा पनि राखेका छौं र अहिले समीक्षा गरिरहेका छौं।’

खनालले अहिले प्रमुख वामपन्थी नेताहरू नै वामगठबन्धनको पक्षमा नरहेकाले तत्काल आउने चुनावमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन हुने सम्भावना नदेखिएको समेत बताएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय