Google search engine

१० रुपैंयाले घट्यो पेट्रोल डिजेलको मूल्य

१९ जेठ २०७९
काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको जनाएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । आगामी वर्षका लागि बजेट घोषणा गर्ने क्रममा नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने बताएको थियो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १५३ रूपैयाँ पर्नेछ ।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय