Google search engine

पल शाहलाई थुनामै राख्न आदेश

१९ जेठ २०७९

काठमाडौ. ।

एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएको मङ्गलवार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय