Google search engine

विमान दुर्घटना ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

१९ जेठ २०७९
काठमाडौं ।

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको हो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा आइतबार विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेकाहरुको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय